
काठमाडौँ।
चलचित्र ‘परदेशी–२’को ‘हिजो काम…’ शीर्षकको गीत सार्वजनिक गरिएको छ । बडादसैँको अवसर पारेर असोज २६ गते रिलिज हुन लागेको यस चलचित्रको सार्वजनिक गीतमा अभिनेता समेत रहेका प्रशान्त तामाङको स्वर रहेको छ ।
गीतलाई सतिश चापागाईँले रचना गरेका छन् भने बि.बि अनुरागीको सङ्गीत रहेको छ । यसको भिडियोमा चलचित्रका शीर्ष कलाकार प्रकाश सपूत र दिलीप रायमाझीसँगै रमा थपलिया लगायतलाई प्रस्तुत गरिएको छ ।
‘परदेशी-२’का निर्देशक नारायण रायमाझी हुन् । नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको चलचित्रमा प्रकाश र दिलीपसँगै प्रशान्त तामाङ, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, रमा थपलिया, सबिन बास्तोला, देवेन्द्र बब्लु लगायतको अभिनय छ । रमेश बिजीले चलचित्र लेखेका हुन् ।
गीत हेर्नुहोस्:




