
काठमाडौँ।
आगामी कार्तिक २४ गते रिलिज हुने नेपाली चलचित्र ‘दिमाग खराब’को पहिलो गीत सार्वजनिक गरिएको छ । लिरिकल रूपमा ‘बिरामी मुलुक’ शीर्षकको गीत सार्वजनिक गरिएको हो ।
यस गीतमा जयन जे वाइवाको शब्द, सङ्गीत तथा स्वर रहेको छ । चलचित्रमा चल तथा अचल दृश्यको प्रयोग गरी कलाकारलाई परिचय गराइएको छ भने चलचित्रको कथा प्रस्ट पारिएको छ । यो चलचित्रले नेपालको राजनीतिले जनतालाई पारेको नकारात्मक प्रभावलाई देखाउन खोजेको यो गीतबाट प्रस्ट हुन्छ ।
यो चलचित्रलाई आकाश बराल लेखेका हुन् । लुट फेम्ड निर्देश निश्चल बस्नेतले निर्देशन गरेको यस चलचित्रमा दयाहाङ राई, खगेन्द्र लामिछाने, स्वस्तिमा खड्का, अर्पण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह आदिको अभिनय रहेको छ ।
चलचित्रलाई सिनेमा आर्ट्स र ब्ल्याक हर्ष पिक्चर्सले संयुक्त निर्माण गरेका हुन् । रौनक विक्रम कँडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रूपमा रहेको चलचित्रमा सुसन प्रजापतिको छायाङ्कन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको सङ्गीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याक ग्राउन्ड स्कोर रहेको छ ।
गीत हेर्नुहोस्: