बैंककमा रहेका सात हजार नेपाली महिलाहरूले एकसाथ मनाए तीज



काठमाडौँ।
थाईल्याण्डको बैंककमा रहेका करिब सात हजार नेपाली भाषी महिलाहरूले एकसाथ तीज कार्यक्रम मनाएका छन् । थाई नेपाली सङ्घ बैंकक शाखाको महिला विभागले आयोजना गरेको ‘हरितालिका तीज फेस्टिभल’मा बैंककमा रहेका नेपाली महिलाहरूलाई एकै ठाउँमा भेला गरी तीज कार्यक्रम गरिएको हो ।

कार्यक्रममा एनआरएन, विभिन्न अन्य सङ्घ संस्थाहरू तथा नेपाली राजदूतावासमा कार्यरत महिलाहरूको सहभागिता थियो । सात हजार भन्दा बढी महिलाहरू उपस्थित थिए । सो महोत्सवमा सांस्कृतिक कार्यक्रम, विभिन्न प्रतियोगिताहरू आयोजना भएका थिए । नेपालबाट सो कार्यक्रममा पुगेकी गायिका प्राश्ना शाक्यले प्रस्तुति दिएका थिइन् ।साथै, मेरो डान्स युनिभर्सकी विजेता खुसी कार्कीले पनि प्रस्तुति दिएकी थिइन् ।

संसारभर जहाँ रहे पनि नेपालीहरूको आफ्नै मौलिक संस्कृतिलाई बिर्सनु हुँदैन भन्ने सन्देश दिन खोजेको थाई नेपाली सङ्घका निवर्तमान अध्यक्ष कुमार कार्कीले बताए । कार्कीका अनुसार थाइल्यान्डमा रहेका नेपालीभाषीहरूमध्ये करिब ९० प्रतिशत नेपाल नै नपुगेको अवस्थामा पनि आफ्नो रीतिरिवाज र संस्कृतिलाई हर्षोल्लासका साथ मनाउँदै र परम्परा जोगाउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu