ट्रेलर मास्टर शाहिल खान अभिनीत म्युजिक भिडियो रिलिज



काठमाडौँ।
नेपाली चलचित्रको ट्रेलर मास्टरको रूपमा चिनिने शाहिल खानको परिचय चलचित्र सम्पादक मात्र होइन, उनी कुशल मोडल समेत हुन् । हालै मात्र उनले अभिनय गरेको म्युजिक भिडियो ‘न्यानो साथ’ रिलिज भएको छ ।

आदर्श प्रडक्सनको प्रस्तुतिमा बनेको यस भिडियोमा खानले आशिका दाहालसँग स्क्रिन शेयर गरेका छन् । भिडियोका निर्देशक विज्ञान राई हुन् भने मिलन श्रेष्ठले सम्पादन र राजेन्द्र मोक्तानले कलर ग्रेडिङ गरेका छन् । छायाँकार सञ्जय लामा हुन् ।

विजय अर्यालको शब्द तथा सङ्गीत रहेको यस गीतमा बेनिशा पौडेल र विजय अर्यालको स्वर रहेको छ । म्युजिक भिडियोका निर्माता राकेश शाह हुन् । निर्माता शाहले बेलायतका युवा व्यवसायी हुन् ।

शाहिलले पहिलो म्युजिक भिडियो अन्जु पन्तको स्वरमा रहेको गीत ‘नरुनु है’मा अभिनेत्री शिल्पा पोखरेलसँग अभिनय गरेका थिए । युट्युबमा यसको भ्युज यो समाचार तयार पार्दासम्म पचास लाख भन्दा बढी रहेको छ । हालै सार्वजनिक ‘न्यानो साथ’ खानको चौथो म्युजिक भिडियो हो ।

भिडियो हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu