राष्ट्रिय चलचित्र अवार्ड विवाद: उच्च अदालत पाटनद्वारा बोर्ड विरुद्ध कारण देखाऊ आदेश



काठमाडौँ।
राष्ट्रिय चलचित्र पुरस्कार-२०८० मा ‘सर्वोत्कृष्ट चलचित्र’ घोषणा नगरिएकोमा उच्च अदालत पाटनले चलचित्र विकास बोर्डलाई कारण देखाऊ आदेश जारी गरेको छ । बोर्डको सो निर्णय विरुद्ध दायर रिटमा न्यायाधीश श्यामजी प्रधानको एकल इजलासले सो आदेश गरेको हो ।

चलचित्र निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र ‘प्रकाश’ छायाङ्कन स्थल जुम्लाको सिञ्जाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका थिए । निर्देशक राउत र लेखक सुवेदी पनि प्रकाश चलचित्रका निर्देशक र लेखक हुन् ।

गत भदौ १२ गते राष्ट्रपति कार्यालयमा सर्वश्रेष्ठ चलचित्र बाहेक अन्य विधामा मात्र अवार्ड प्रदान भएको थियो । अनपेक्षित रूपमा सर्वोत्कृष्ट चलचित्र घोषणा नभएपछि यसबारे व्यापक विवाद भएको थियो ।

प्राप्त जानकारी अनुसार अदालतले बोर्डसँग राष्ट्रिय अवार्ड छनोटका क्रममा निर्णायक समितिले तयार पारेका सबै सक्कल कागजपत्र पनि माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu