काठमाडौँ।यसपालिको बडादसैँको फूलपातीको दिन रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’को दोस्रो गीत ‘प्रेम शरणम्’ सार्वजनिक गरिएको छ ।
भिडियोमा अभिनेता विपिन कार्की र अभिनेत्री स्वस्तिमा खड्कालाई ‘फिचर’ गरिएको यस गीतमा काली प्रसाद बास्कोटा र स्वस्तिका ढकालको स्वर रहेको छ । कृष्ण भारद्वाजको सङ्गीत तथा सुशील पौडेल र सङ्गीतकार भारद्वाजको शब्द रचना रहेको छ । यसमा प्रविन सिंहको कोरियोग्राफी रहेको छ । यस गीतमा सङ्गीतकार भारद्वाजले र्याप गाएका छन् ।

दर्शकमाझ प्रतीक्षित रहेको यो चलचित्र ‘पशुपति प्रसाद’को मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको छ ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन र स्वस्तिमाका अलावा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।
गीत: