इनास अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित



बाल्टिमोर, अमेरिका।
अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) अमेरिकाको अध्यक्षमा अभिनेता राहुल केसी निर्वाचित भएका छन् । केसी इनास सन् २०२१-२०२३ कार्यसमितिमा अमेरिकाका महासचिव थिए ।

आइतबार अमेरिकाको मेरिल्यान्डमा सम्पन्न राष्ट्रिय अधिवेशनबाट आगामी दुई वर्षका लागि अध्यक्ष सहित १३ जनाको कार्यसमिति निर्वाचित भएको हो । वरिष्ठ उपाध्यक्षमा सृजन ताम्राकार, दुई उपाध्यक्षमा रिता श्रेष्ठ र अङ्कुश नेपाल, महासचिवमा प्रकाश नेपाल, कोषाध्यक्षमा दिनेश कार्की र सह- कोषाध्यक्षमा मनिष शर्मा निर्वाचित भए । यसै गरी कार्यसमिति सदस्यमा तथा प्रवक्तामा गोपालचन्द्र लामिछाने, सदस्यहरूमा अनिल तिमल्सेना, अरुणा कार्की, गोपाल अधिकारी, अमिता लामा र विश्व पौडेल निर्वाचित भएका छन् ।

यसै गरी विभिन्न राज्य समितिमा पदाधिकारी र सदस्य निर्वाचित भएका छन् । केन्टकी राज्य समिति अध्यक्ष गोपाल नेपाल ‘फिस्टे’, मेरिल्यान्ड राज्य समिति अध्यक्ष लक्ष्मण पौडेल र भर्जिनिया राज्य समिति अध्यक्ष अर्जुन घिमिरे निर्वाचित भएका छन् ।

प्रमुख अतिथि तथा इनास ग्लोबलकी उपाध्यक्ष सबु गदाल कार्की तथा मेरिल्यान्डका नेपाली मूलका विधान सभा सदस्य डा. ह्यारी भण्डारीले पानसमा बत्ती बाली राष्ट्रिय अधिवेशन सुरु गरेका थिए । अधिवेशनमा पत्रकार प्रकाश सुबेदी, गायक तुलसी पराजुली, नायक रमेश उप्रेती तथा गायिका प्रविशा अधिकारीलाई विशेष सम्मान गरिएको थियो । सन् २०२१-२०२३ का अध्यक्ष कन्हैया सिंह परियार थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu