
काठमाडौँ।
चलचित्र ‘रीत’ को सिक्वेल ‘रीत २’ निर्माण हुने भएको छ । लिम्बु भाषा संस्कृतिमा आधारित यो चलचित्रको छायाङ्कन ताप्लेजुङको सिनाम, पाँचथरको ओयाम, इलाम, झापा हुँदै काठमाडौँमा उपत्यका गरिने बताइएको छ । फाल्गुनन्द लिङदेन फिल्म्सले यो चलचित्र बनाउन लागेको हो ।
चलचित्रका कथाकार तथा निर्देशक दिनेश लिङदेनका अनुसार चलचित्रमा विशेष गरी लिम्बु जातिको विवाहमा दुलाहा र दुलही पक्ष बिचमा हुने संस्कारको कथालाई समेटिनेछ । चलचित्रमा लक्ष्मी योङहाङ, सोनु थोक्लिहाङ लिम्बु, विमला खजुम, तेज मेन्याङबो, पूर्ण सेलिङ, सागर केरुङ, याशेली योङहाङ, दिनेश माङमु, एन्जिला नेम्बाङ, नन्दु तुम्बापो, नितु नेम्वाङको अभिनय रहनेछ ।
सन्चमान जबेगु, विक्रम पयाङगु, होमकुमार लावती र आशा नेम्बाङ निर्माता रहने चलचित्रमा पूर्ण सेलिङको कार्यकारी निर्माण, कविता राई लिङदेनको निर्माण व्यवस्थापन तथा सुदिता लिङदेनको प्रस्तुति रहनेछ । चलचित्रको छायाङ्कन कात्तिक दोस्रो हप्ताबाट सुरु हुनेछ ।