सन्तोषले ‘बलिदान’ शीर्षकमा चलचित्र बनाउने



काठमाडौँ।
निर्माता तथा निर्देशक सन्तोष सेनले नयाँ चलचित्र बनाउने भएका छन् । ‘प्रेम गीत’ चलचित्र सिरिजबाट सफलता हासिल गरेका सेनले ‘बलिदान’ शीर्षकमा चलचित्र बनाउन लागेका हुन् ।

पछिल्लो समय उनी ‘प्रेम गीत’को चौथो शृङ्खलामा पनि काम गरिरहेका थिए । यसैबिच उनले नयाँ चलचित्र घोषणा गरेका हुन् । मिडियासँगको कुराकानीमा सेनले यो चलचित्र बनाउन लागेको बताएका हुन् ।

‘बलिदान’ मधेस आन्दोलनको एक महत्त्वपूर्ण घटनामा आधारित रहेर बन्नेछ । करिब ६ करोडको बजेटमा बन्ने चलचित्रको टिजर छायाङ्कन भइसकेको छ । केही समयपछि टिजरसँगै प्रोजेक्टबारे अन्य सबै खुलाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu