प्रेमराजा, दीपक र डब्बुको ‘भन्देउन धरतीमाई’ रिलिज



काठमाडौँ।
सिमसिमे पानीमा, पानको पात जस्ता थुप्रै कालजयी गीतहरू बजारमा ल्याएका अग्रज गायक प्रेमराजा महतले यति बेला नयाँ लोक गीत ‘भन्देउन धरतीमाई’ सार्वजनिक गरेका छन् । डब्बु क्षत्रीले रचना गरेको यस गीतमा दीपक शर्माको सङ्गीत छ ।

गायक प्रेम राजा महतले पनि यो गीतको शब्द र सङ्गीतले नै आफूलाई छोएको बताए । उनले यो गीत सुनेपछि गाउँ र बाल्यकालको झलझली याद आउने जनाए । लोक लयमा आधारित यो गीतले जो कोहीलाई पनि आफ्नो मिठो बाल्यकालको सम्झनामा पुर्‍याउने सङ्गीतकार दीपक शर्माले बताए । गीतकार डब्बु क्षत्रीले आफू गाउँबाट टाढा सहर तथा प्रदेशमा रहँदा बाल्यकालमा गाउँ घर र आफन्तको सम्झनाले कसरी सताउँछ भन्ने कुरा यो गीतमा उल्लेख गरिएको बताए ।

यस गीतको भिडियोमा गायक प्रेमराजा महत नै मुख्य भूमिकामा प्रस्तुत भएका छन् । मिराज अर्याल र दिनेश बिस्टको सिनेमाटोग्राफी रहेको छ भने मिराज अर्यालको सम्पादन तथा भिएफएक्स रहेको छ ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu