विदेशमा अग्रिम बुकिङ हुँदै ‘पशुपति प्रसाद २: भष्मे डन’



काठमाडौँ।
नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’ रिलिज हुने विभिन्न मुलुकहरूमा रिलिजको एक महिना अगाडी देखि नै बुकिङ सुरु भएको छ । यो चलचित्र कार्तिक ४ गते नेपालसहित विभिन्न मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।

अष्ट्रेलिया, अमेरिका, जापान, पोर्चुगललगायत विभिन्न देशमा चलचित्रका लागि अग्रीम टिकट बुकिङका लागि शो खोलिएका छन् । यसको अष्ट्रेलियास्थित मेलबर्न प्रिमियरको तालिका समेत सार्वजनिक भैसकेको छ । मेलर्वनको चाइना टाउनमा अक्टोबर २३ मा प्रिमियर हुँदैछ । २५ अक्टोबर, ३० अक्टोबर र ५ नोभेम्बरका लागिसमेत अग्रीम टिकट बुकिङको लागि शो खुलिसेको छ । जापानका लागि पनि चलचित्रको अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । जापानमा अक्टोबर २७ मा केयोटो र ओसाकामाचलचित्र रिलिज हुनेछ भने अक्टोबर ३० मा कोबेमा रिलिज हुने पक्का भएको हो ।

युरोपको बेल्जियम लगायतका देशमा पनि चलचित्रले आक्रामक सुरुवात गर्ने देखिएको छ । अक्टोबर २१ बाट नै बेल्जियमका ५ वटा शहरमा शो नै सुरु हुँदैछ । अक्टोबर २३ तारिखसम्मका लागि बेल्जियममा शो खुलिसकेको छ । ओभरसिज वितरकले चलचित्रको चाँडै अमेरिका, क्यानडा, युरोपका अन्य देश र मिडिल इष्ट लगायतका क्षेत्रमा पनि अग्रीम टिकट बुकिङ खोल्ने तयारी भैरहेको जानकारी दिएका छन् ।

दर्शकमाझ प्रतीक्षित रहेको यो चलचित्र ‘पशुपति प्रसाद’को मृत्यु पश्चात् पशुपति क्षेत्रमा आफ्नो अस्तित्व स्थापित गर्न सङ्घर्षरत ‘भष्मे डन’को जीवनमा एउटा रोमाञ्चक पात्रको प्रवेशपछि सुरु भएको परिचय र आत्मसम्मानको लागि गर्ने शक्ति सङ्घर्षको कथामा निर्माण गरिएको छ ।

दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन र स्वस्तिमाका अलावा सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।

टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu