अनमोल पक्राउ प्रकरण: दुई पक्षबिच छैन काम गर्ने सम्झौता



काठमाडौँ।
आपराधिक विश्वासघातको आरोपमा शुक्रवार पक्राउ परेका अभिनेता अनमोल केसी र चलचित्र निर्माण कम्पनीबिच सम्झौता नभएको खुलेको छ । अनमोलले केही दिन अघि मिडियामा दाबी गरेअनुसार दुई पक्षबिच काम गर्ने सम्झौता नदेखिएको प्रहरी श्रोतले बताएको छ ।

अनलाइनखबर डटकम मा प्रकाशित समाचारमा अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले ‘दुई पक्षबिच सम्झौता पत्र नदेखिएको’ बताएका छन् । अधिकृतले सोधपुछको क्रममा अनमोलले निर्माताले १० लाख रुपैयाँ आफ्नो खातामा हालिदिएको तर फिर्ता लैजानूसभन्दा नमानेको बताएको उल्लेख गरेका छन् । सो क्रममा अनमोलले स्क्रिप्ट मन नपरेपछि आफूले खेल्न अस्वीकार गरेको समेत बताएको उल्लेख गरिएको छ ।

स्वास्थ्यमा समस्या देखिएपछि शुक्रवार नै चिरायु अस्पताल भर्ना भएका अनमोललाई प्रहरीले आइतबार दिउँसो महानगरीय प्रहरी परिसर, टेकुमा लगेको थियो । आइतबार नै उनलाई जिल्ला अदालतमा उपस्थित गराउने प्रहरीको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu