चकलेटी हिरो आर्यन बैवाहिक बन्धनमा



aaryan

नेपाली चलचित्रमा चकलेटी हिरोको रुपमा परिचित नायक आर्यन सिग्देल प्रेमिका सपना भण्डारीसँग शनिवार विवाह बन्धनमा बाँधिएका छन् ।काठमाडौको वानेश्वर स्थित एक पार्टी प्यालेसमा आर्यनले तामझामका साथ सपनासँग लगनगाँठो कसे । ३२ बर्षिय नायक आर्यनले करिब ४ बर्षसम्म चलेको आफ्नो प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै विवाहमा परिणत गरेका हुन् ।

विवाहको लागी आर्यन नेपाली पोशाक दौरा सुरुवालमा सजिएका थिए । आर्यन काठमाडौ थानकोटका स्थायी बासिन्दा हुन् भने सपनाको घर जोरपाटीमा हो । केहि महिना पहिले नै सुटुक्क ‘कोर्ट म्यारिज’ गरेका नायक आर्यनको यो बैवाहिक कार्यक्रम परम्परागत रुपमा औपचारिकताको लागी मात्रै भएपनि वैवाहिक समारोहमा आफन्त तथा चलचित्रकर्मीहरुको निकै सर्गर्मी देखिएको थियो ।

त्यसो त आर्यन भनेपछी हुरुक्कै हुने धेरै महिला फ्यानहरु नेपालमा छन्, बिहे पछी आर्यनको फ्यानहरु समेत घट्नसक्ने अनुमान गरिए पनि आर्यनले भने आफ्नो छाला हेरेर मन पराउने फ्यानहरु नभएकोले बिहेले फ्यानहरुमा कुनै असर नगर्ने बताएका छन् । आर्यनले अभिनय गरेको पछिल्लो समय प्रदर्शन पहिले नै चर्चामा रहेको चलचित्र ‘नोभेम्वर रेन’ यहि बैसाख १२ मा रिलिज हुँदैछ ।

वैवाहिक बन्धनमा बाँधिएका नायक आर्यन र सपनालाई ‘ठुलोपर्दा डटकम’को तर्फबाट बधाई तथा सुखद दाम्पत्य जीवनको लागी शुभ-कामना !!

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu