‘वानर सेना’को दोस्रो गीत सार्वजनिक



काठमाडौँ।
चलचित्र ‘वानर सेना’को दोस्रो गीत सार्वजनिक गरिएको छ । ‘तिम्रो जुनेली रूप’ बोलको गीतमा चलचित्रका मुख्य कलाकार अर्पण गिरी (अरमान जङ्ग) र आरजु प्रसाईँलाई राखिएको छ । यस गीतमा अर्पण गिरीको शब्द रचना तथा स्वर तथा जोन तामाङ र अर्पण गिरीको सङ्गीत रहेको छ ।

यो चलचित्र गामी शुक्रवार रिलिज हुँदैछ । चलचित्रको कथा पौराणिक रहेकाले पनि दसैँको अवसरमा रिलिज गर्न लागेको जानकारी निर्माण टिमले दिएको छ । गिरी ग्राण्ड फिल्मस्‌को प्रस्तुतीमा निर्माण भएको चलचित्रमा निर्देशक समेत रहेका अर्पण गिरी (अरमान जङ्ग), आरजु प्रसाईँ, किशोर खतिवडा, सुरवीर पण्डित, अर्जुन गुरुङ, किशन बाबु बस्नेत, राजन निरौला, सुनिता श्रेष्ठ, सुरेश साहु, कमला विष्ट, रमेश सोडारी, युवराज गिरी, राहुल यादव, ज्ञानेन्द्र थापा, विशाल बराल, बाल कलाकार मास्टर अमित पौडेल र विशेष भूमिकामा कामेश्वर चौरासिया र तेजस्वी बास्कोटाले अभिनय गरेका छन् ।

भिडियो:

https://youtu.be/MG516GVrnaE
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu