
काठमाडौँ।
असोज २६ गते रिलिज हुने चलचित्र ‘परदेशी–२’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘कुरा सिधा छ’ बोलको डान्सिङ शैलीको गीत बुधवार बिहान युट्युबमार्फत सार्वजनिक गरिएको हो । प्रताप दास र मिना निरौलाको स्वर रहेको गीतमा बि.बि अनुरागीको शब्द तथा सङ्गीत छ ।
यो गीतमा चलचित्रका मुख्य कलाकार अभिनेता प्रकाश सपूत र अभिनेत्री वर्षा सिवाकोटी प्रस्तुत छन् ।
गोविन्द राईले भिडियोको कोरियोग्राफी गरेका हुन् । लिरिकल शैलीमा तयार यस गीतको भिडियोलाई सम्पादन भने मिराज अर्यालले गरेका छन् ।
‘परदेशी–२’ लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।
रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेस गर्छ ।
‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपर हिट चलचित्र दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् ।
गीत:


