गायिका दिलमाया खातीको निधन



काठमाडौँ।
‘बिछोडको पीडा नसकी खप्न दसैँको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’ ‘सम्झे है बुझे है यो मेरो जोबन’लगायत थुप्रै नेपाली गीत गाएकी खातीको गायिका दिलमाया खातीको निधन भएको छ । दमबाट पीडित ८४ वर्षिया खातीको गए राति दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको हो ।

सन् १९३९ को अक्टोबर ६ तारिखमा दार्जिलिङमा जन्मिएकी गायिका खाती पहिलो पटक सन् १९६२ मा काठमाडौँ आएकी थिइन् । रेडियो नेपालले आयोजना गरेको सङ्गीत प्रतियोगितामा प्रथम भई स्वर्ण पदक जितेकी खातीले यहाँका गायक–सङ्गीतकार को आग्रहमा उनले नेपाली गीत गाउन थालेकी थिइन् । सङ्गीतकार शिवशङ्कर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीको छत्रछायामा व्यावसायिक गीत गायनमा सक्रिय भएकी खातीले एक सय ५० भन्दा धेरै नेपाली गीत गाएकी छन् ।

‘मेलोडी मुन’ उपमाले परिचित दिलमायाले देवकोटा सम्मान, शिखा सुर सम्मान, लहानी नेपाल सम्मान, गुञ्जन सम्मान, भूपाल सङ्गीत पुरस्कार लगायतका सम्मान तथा पुरस्कार प्राप्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu