‘परदेशी २’को ट्रेलर सार्वजनिक



काठमाडौँ।
असोज २६ गते रिलिज हुने चलचित्र ‘परदेशी २’को ट्रेलर सार्वजनिक गरिएको छ । ट्रेलरमा अध्ययनका लागि युवाको विदेश यात्रा र त्यसले सिर्जना गर्ने पारिवारिक एवं सामाजिक संवेदनालाई देखाइएको छ ।
प्रेम, बिछोड, उमङ्ग, द्वन्द्व सबै पक्षको समीश्रण ट्रेलरमा रहेको छ ।

गायनमा स्थापित प्रकाश सपूतको डेब्यु र शीर्ष भूमिका रहेको चलचित्र भएका कारण ट्रेलरमा उनलाई नै बढी ‘स्क्रिन स्पेस’ दिइएको छ । अभिनेत्रीहरू केकी अधिकारी, वर्षा सिवाकोटीसँगै अभिनेताहरू प्रशान्त तामाङ र दिलीप रायमाझीलाई पनि ट्रेलरमा देखाइएको छ । ‘गोर्खा पल्टन’मा लाहुरेको भूमिकामा देखिएका अभिनेता प्रशान्त तामाङ यस पटक पनि सोही भूमिकामा छन् ।

‘परदेशी–२’ लाई नारायण रायमाझीले निर्देशन गरेका हुन् । चलचित्रमा प्रकाश र वर्षासँगै केकी अधिकारी, प्रशान्त तामाङ, दिलीप रायमाझी, नीर शाह, रमा थपलिया, देवेन्द्र बब्लु, सबिन बास्तोला, रोशनी कार्की लगायतको अभिनय छ ।

रमेश बिजीको कथा एवं पटकथा लेखन रहेको चलचित्रलाई राजेश वंशल र निर्देशक रायमाझी स्वयंले संयुक्त रूपमा निर्माण गरेका हुन् । चलचित्रमा मानकृष्ण महर्जनको छायाङ्कन, दीर्घ खड्काको सम्पादन छ । परदेश पुगेका सन्तानको पर्खाइमा रहेका आमाबुवाको कथा चलचित्रले पेस गर्छ ।

‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपर हिट चलचित्र दिएका रायमाझी ‘परदेशी २’मार्फत निर्देशनमा सफलताको ह्याट्रिक गर्ने दाउमा छन् ।

ट्रेलर:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu