‘फर्की फर्की’मा संवृद्धि र रवि छानिए



काठमाडौँ।
अभिनेता अनमोल केसी र अभिनेत्री जसिता गुरुङको अभिनय रहने निर्माणाधीन चलचित्र ‘फर्की फर्की’मा दुई नव कलाकारको प्रवेश भएको छ । अडिसनबाट छानिएका ती कलाकारहरू रवि काफ्ले र संवृद्धि अर्याल हुन् ।

तिहारको फूलपातीबाट छायाङ्कन सुरु गर्ने तयारीमा रहेको यो चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्दैछन् । रोहित अधिकारी निर्माता हुन् ।

नरेन्द्र मैनालीको छायाङ्कन रहने चलचित्रमा रोमन बज्राचार्य, नरेन लिम्बु र अनमोल गुरुङको सङ्गीत रहनेछ । यो चलचित्र निर्माणमा रोहितसँग ओएसआर डिजिटलले सहकार्य गरेको छ । यो चलचित्रले सपना र बिपनाबिचको कन्फ्युजनको कथा भन्नेछ । नायक केसी र नायिका गुरुङले पहिलो पटक पर्दामा काम गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu