‘प्रसाद २’ को विवादमा ओएसआर डिजिटलका अग्रवाल पक्राउ



काठमाडौँ।
चलचित्र ‘प्रसाद २’ को विवादलाई लिएर ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाललाई प्रहरीले पक्राउ गरेको छ । निर्माता सुदर्शन बस्नेतको उजुरीमा शुक्रवार सिंहदरबार वृत्तले पक्राउ गरेर बौद्ध प्रहरीलाई बुझाएको थियो ।

सुरुमा चलचित्र निर्माण गर्ने कम्पनी सुभाष थापा प्रोडक्सन प्रालिका सुभाष थापा र ओसआर डिजिटल इन्टरटेनिङ द नेसन प्रालिका अध्यक्ष ओमप्रकाश अग्रवालबिच डिजिटल राइट्ससम्बन्धी एक करार सम्झौता भएको थियो । त्यसमा चलचित्रको हल प्रदर्शन र च्यारिटी शोबाहेको सम्पूर्ण डिजिटल र अन्य प्रविधिबाट हुने प्रदर्शन अधिकार ओएसआरको हुने गरी रु. ३२ लाख ५० हजार रुपैयाँमा सम्झौता भएको थियो ।

त्यसको केही समयपछि केशव पाण्डे निर्माताको रूपमा आए तर उनी छायाङ्कन अगावै निस्किए । त्यसपछि सुभाषले सुदर्शन बस्नेतलाई नयाँ निर्माताको रूपमा ल्याएका थिए । बस्नेतको प्रवेशपछि पुरानो हिसाबकिताब गडबडी भएको थियो । जसमा डिजिटल राइट्ससम्बन्धी सम्झौता पनि थियो । सोही विषयमा कुरा नमिल्दा बस्नेतले अग्रवालविरुद्ध उजुरी दिएका थिए ।

प्राप्त जानकारी अनुसार बौद्ध प्रहरीको हिरासतमा रहेका अग्रवाललाई म्याद थपका लागि आइतबार जिल्ला अदालत काठमाडौँमा उपस्थित गराइँदैछ ।

ओएसआर डिजिटलका रुपेन्द्र खड्गीले सबै कागजात ओएसआर को पक्षमा रहेको जनाउँदै अदालतले न्याय प्रदान गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu