निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी, आपराधिक विश्वासघात गरेको आरोप



काठमाडौँ। निर्देशक सुदर्शन थापाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।आपराधिक विश्वासघात गरेको आरोपमा थापा विरुद्ध चलचित्र ‘प्रसाद २’का निर्माता सुदर्शन बस्नेतले प्रहरीमा जाहेरी दिएका थिए।

आफ्नो अनुमति र मन्जुरीविना नै अग्रवाल, थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्रको विभिन्न अधिकारबाट एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पुर्‍याएकी दाबी गरेको भन्दै जाहेरी दिएको बताइएको छ। नेपालप्रेस डटकमका अनुसार श्रेष्ठविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ।

यही चलचित्रको विवादमा यसअघि ओएसआर डिजिटलका सञ्चालक ओम अग्रवाल पक्राउ परिसकेका छन्। 

केही दिनअघि निर्देशक थापाले निर्माणाधीन चलचित्र ‘रावायण’मा काम गर्छु भनी अन्तिममा अस्वीकार गरेको भन्दै अभिनेता अनमोल केसीविरुद्ध आपराधिक विश्वासघातको जाहेरी दिएका थिए।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu