मुम्बई फिल्म फेस्टिभलमा नेपालको आइसफल प्रडक्सनका दुई चलचित्र प्रतिस्पर्धामा



काठमाडौँ ।
मुम्बई फिल्म फेस्टिभलमा नेपालका दुई चलचित्रहरू छनोट भएका छन् । भेनिसमा वर्ल्ड प्रिमियर भएको फिडेल देवकोटा निर्देशित ‘द रेड सुटकेस’ र  नेपाल–भारतको सहकार्य रहेको ‘गुराँस’ फेस्टिभलको साउथ एसिया कम्पिटिसनमा परेका हुन् ।

सोमबार सार्वजनिक लाइनअपमा रहेको ‘द रेड सुटकेस’ आइसफल प्रडक्सनले श्रीलङ्काको फिल्म काउन्सिल प्रडक्सनसँग मिलेर निर्माण गरेको हो । यो चलचित्र यसअघि जुरिक फिल्म फेस्टिभलमा पनि छनौट भएको थियो ।

सौरभ राई निर्देशित ‘गुराँस’ लाई पनि आइसफल प्रडक्सनका लागि रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । लो आइक्यु प्रडक्सन, क्राउलिङ एन्जल फिल्मस्, निओनेट अडियो एलएलपीको समेत निर्माण रहेको ‘गुराँस’ भने चेक रिपब्लिकको कार्लोभी भारी इन्टरनेसनल फिल्म फेस्टिभलमा जुरी अवार्ड जित्न सफल भएको चलचित्र हो । ‘गुराँस’को दुई दिनअघि मात्र दक्षिण कोरियाको बुसान फिल्म फेस्टिभलमा साउथ एसियन प्रिमियर सम्पन्न भएको थियो । 

आफूले निर्माण गरेका दुवै फिल्म फेस्टिभलमा छनौट भएकोमा निर्माता पोखरेलले खुसी व्यक्त गरे । एउटै विधामा आफ्ना दुई चलचित्र प्रतिस्पर्धामा रहनु दोहोरो खुसीको कुरा भएको उनले बताए । 

यही अक्टोबर २७ देखि नोभेम्बर ५ सम्म चल्ने फेस्टिभलमा यो साल २५० चलचित्रहरू प्रदर्शन हुने आयोजकले जनाएको छ । फेस्टिभलमा ४० वटा वर्ल्ड प्रिमियर, ४५ वटा एसिया प्रिमियर, ७० वटा साउथ एसिया प्रिमियर हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu