मिलनले न्याय नपाए सबै काम रोक्ने चलचित्र प्राविधिक सङ्घको चेतावनी



काठमाडौँ।
चलचित्र ‘प्रसाद २’को विवादमा सो चलचित्र सम्पादन गरेका मिलन श्रेष्ठ विरुद्ध जाहेरी परी पक्राउ पुर्जी जारी भएपछि नेपाल चलचित्र प्राविधिक सङ्घले सबै काम रोक्ने चेतावनी दिएको छ । सङ्घका अध्यक्ष पुष्कर लामाले एक वक्तव्य जारी गर्दै चलचित्र क्षेत्रमा जिम्मेवार व्यक्तिहरूले आफ्नो जिम्मेवारी अनुरूप कर्तव्य पुरा नगरेकोले यो कदम चाल्न बाध्य भएका बताएका छन् ।

उनले लेखेका छन्, “सम्पूर्ण नेपालीहरूको महान् चार्डको सङ्घारमा दैनिक गुजारा गर्नु पर्ने प्राविधिकहरूको चुलोमा र पेटमा प्रहार गर्ने, प्राविधिकहरूको पारिश्रमिक नदिने, काम बाट वञ्चित गर्ने सम्बन्धित निर्माता, निर्देशक, कलाकार तथा चलचित्रकर्मीहरू सम्मिलित कुनै पनि चलचित्रहरूमा आगामी दिनहरूमा कुनै पनि प्राविधिकहरूले काम नगर्ने कुराको जानकारी गराँउदछौं । चलचित्र क्षेत्रमा जिम्मेवार व्यक्तिहरूले आफ्नो जिम्मेवारी अनुरूप कर्तव्य पुरा नगरेकोले हामी यो कदम चाल्न बाध्य भएका हौँ ।”

कुनै पनि निर्माता, निर्देशक तथा निर्माण कम्पनी सँग आफ्नो श्रमको मूल्य लिन बाँकी भएका प्राविधिकहरूलाई सङ्घको कार्यालयमा लिखित जानकारी गराउन उनले अनुरोध गरेका छन् । साथै उनले सम्पादक मिलन श्रेष्ठलाई बिना कारण बदनियत पूर्वक दुख दिने मनसायले पिडा दिएको प्रति प्राविधिक सङ्घको गहिरो ध्यानाकर्षण भएको बताएका छन् ।

‘प्रसाद २’का सम्पादक मिलन श्रेष्ठमाथि यसका निर्माता सुदर्शन बस्नेतले ‘आपराधिक विश्वासघात’को उजुरी दिएका कारण प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu