राजेश हमालको उपस्थिती सहित लण्डनमा ‘हसिया’ प्रिमियर



hasyiya-premier-london-1

कुशल श्रेष्ठ, लण्डन। चलचित्र हासियाको वेलायतको अल्डर्सटस्थित प्रिन्सेस हलमा रेड कार्पेट प्रिमियर शो गरिएको छ । प्रिमियरमा सहभागी हुन चलचित्रका नायक राजेश हमाल वेलायत आएका थिए । चलचित्रलाई वेलायतमा प्रिमियर गर्नु सह्रानिय मानिएको छ ।

hasyiya-premier-london-2

एन.आर.एन. यूकेको महिला अध्यक्ष शान्ति थापाको अध्यक्षता रहेको सो प्रिमियर शोमा अभिनेता तथा विमान चालक विजय लामा, विल्सन विक्रम राई, नायक ध्रुव दत्त लगायत करिव ३५० नेपालीहरुको उपस्थिति रहेको थियो । चलचित्र सुरुवात अगाडि सञ्चारकर्मी सरोज केसी र लक्ष्मी राईले सञ्चालन गरेको औपचारिक कार्यक्रममा बोल्दै नायक राजेश हमालले चलचित्र छायांकन गर्दाको अनुभव सुनाउनुका साथै निर्देशक मिलन चाम्सको कामको मुक्तकण्ठले प्रशंसा गरेका थिए ।

hasyiya-premier-london-7

निर्देशक चाम्सले आफ्नो मन्तव्यका क्रममा नेपाली चलचित्रलाई माया गरिदिनको साथै चलचित्रमा भएको कमी कमजोरीलाई औालाई दिन अनुरोध गरे । चलचित्र हासियामा राजेश हमालको साथै हेमा श्रेष्ठ, अनुप विक्रम शाही, विशाल ढुङ्गाना, आलोक कार्की लगायतको मुख्य भुमिका रहेको छ । चलचित्रको एक आइटम गीतमा नायिका प्रियंका कार्कीलाई देख्न सकिन्छ ।

hasyiya-premier-london-5

चलचित्र हेरे पश्चात दर्शकहरुले डेव्यू निर्देशक मिलन चाम्सको कामको प्रशंसा गरेका छन् । डायस्पोरादेखि स्वदेशमा समेत हाइप सिर्जना गर्दै गरेको यस चलचित्रले नेपालमा कस्तो प्रतिक्रिया पाउँछ त्यसको लागि भने जेठ ९ गतेसम्म कुर्नै पर्ने हुन्छ ।

hasyiya-premier-london-3
hasyiya-premier-london-4
hasyiya-premier-london-6
hasyiya-premier-london-8
उक्त प्रिमियरको भिडियो यहाँ हेर्नुहोस्ः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu