‘चलचित्र ‘परदेशी २’ले मन, मुटु, दिमाग सबै छोयो’



काठमाडौँ।
चर्चित गायक नारायण रायमाझीको निर्देशनमा बनेको चलचित्र ‘परदेशी २’ रिलिज भएको छ । नेपाली समाजको वास्तविक कथालाई भन्न रुचाउने निर्देशक रायमाझीले यस चलचित्रमा विद्यार्थी भिसामा विदेश पुगेका तमाम युवाहरू र उनीहरूका परिवारको दर्दनाक कथा प्रस्तुत गरेका छन् ।

रायमाझीले निर्देशन गरेको यो चलचित्र तेस्रो चलचित्र हो । यसअघि उनले ‘परदेशी’ र ‘गोर्खा पल्टन’ निर्देशन गरी सफल निर्देशक बनेका थिए । ‘परदेशी २’को शुक्रवार बिहान काठमाडौँको नयाँ बानेश्वरस्थित आइएनआई सिनेमाजमा विशेष प्रदर्शनी गरिएको छ । चलचित्र हेर्न केही चर्चित सेलिब्रेटीहरु सहभागी भएका थिए ।
 
चलचित्र हेरेपछि हास्य कलाकार मनोज गजुरेलले यो चलचित्र नेपाली चलचित्र क्षेत्रमा एक कोशेढुंगा साबित हुने बताए । उनले देशको जल्दो बल्दो समस्या बोलेको बताउँदै आम नेपालीको पीडालाई एकदमै मिहिन ढङ्गले चलचित्रले पेस गरेको बताए ।

अभिनेता हरिवंश आचार्यले चलचित्र हेरेर आफू भावुक बनेको बताए । मन, मुटु, दिमाग सबै छोएको बताउँदै उनले लोक संस्कृतिले लप्पकै लिपेको चलचित्र आजकल बन्न कम भएको समयमा बलियो प्राविधिक पक्षसहित चलचित्र आएको बताए । 

अभिनेता दीपकराज गिरीले परदेशीनेहरुको संवेदनालाई चलचित्रमा देखाइएको बताए । निर्देशक रायमाझीको प्रस्तुतीकरणमा मौलिकता भेटिने बताउँदै यो चलचित्र पृथक् रहेको जनाए । यसै चलचित्रबाट अभिनयमा प्रवेश गरेका गायन प्रकाश सपूतले अभिनयमा पनि राम्रो गर्न सक्ने गिरीले विश्वास जताए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu