चलचित्र ‘राजागञ्ज’ले जित्यो नर्वेबाट ७६ लाख



काठमाडौँ।
नेपाली चलचित्र ‘राजागञ्ज: द स्काइ इज माइन’ले नर्वेजियन चलचित्र इन्स्टिच्युटको सोर्फोन्डबाट ७६ लाख ५२ हजार रुपैयाँ (५७ हजार ६०० अमेरिकी डलर) फन्ड जितेको छ । अमेरिकी म्यागेजिन भेराइटीमा प्रकाशित समाचार अनुसार ‘रानीगञ्ज’ उक्त फन्ड जित्ने नौ चलचित्रमध्ये एक हो ।

गत महिना छायाङ्कन सम्पन्न भएको यो चलचित्रमा दयाहाङ राई, निकिता खण्डक, आशा मगराती, पशुपति राई, ऋचा शर्मा, विजय बराल, गौमाया गुरुङ, घनश्याम मिश्र, आरती मण्डल र पुष्प यादव आदिको अभिनय रहेको छ । दीपक रौनियार चलचित्रका निर्देशक हुन् ।

निर्देशक रौनियार, डेभिड बार्कर र आशा मगरातीको संयुक्त लेखन रहेको यस चलचित्रमा जातीय प्रथा र छालाको रङलाई लिएर हुने विभेदको कथा रहेको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu