चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक



काठमाडौँ।
नेपाली चलचित्र ‘दुई कदम’को टिजर सार्वजनिक भएको छ । आइतबार सार्वजनिक टिजरमा डेब्यु अभिनेता इओन लिम्बु र डेब्यु अभिनेत्री सिमोन गिरीबिचको प्रेम, रोमान्स र द्वन्द्वलाई प्रस्तुत गरिएको छ ।

मङ्सिर २९ गत रिलिज हुने चलचित्रको सार्वजनिक टिजरमा अभिनेता सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारीलाई स्थान दिइएको छ । यस चलचित्रमा बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बु, जीवन लिम्बु, चन्दा दाहाल र प्रीतिका शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रको एक गीतमा अभिनेता विल्सन विक्रम राईले पनि विशेष भूमिका निर्वाह गरेका छन् । यो चलचित्रका निर्देशक उदय सुब्बा हुन् ।

अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको यस चलचित्रमा तारा देवी लिम्बुको लगानी रहेको छ । मुस्ताङमा एक गीतको छायाङ्कन गरिएको चलचित्रको बाँकी छायाङ्कन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।

दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायाङ्कन, ताराप्रकाश लिम्बु र विकास चौधरीको सङ्गीत, डिपी खनालको गीत लेखन, राजु किराँतीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीण ढकालको सम्पादन चलचित्रमा रहेको छ । चलचित्रलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

टिजरः

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu