
काठमाडौँ।
परिच्छेद सेनले नयाँ चलचित्र ‘महाराजाधिराज’ निर्देशम गर्ने भएका छन् । उनले निर्देशन गरेको पहिलो चलचित्र ‘प्रेमगञ्ज’ गत वर्ष रिलिज भएको थियो । नयाँ चलचित्र रोमान्टिक तथा सामाजिक कथामा बनाउन लागेको निर्देशक सेनले बताए ।
‘महाराजाधिराज’मा परिच्छेदकै लेखन रहने छ भने बिराज विष्टले निर्माण गर्नेछन् । लगानीकर्ता भने टोपेन्द्र विष्ट हुन् । २०८१ सालको तिहारमा रिलिज गर्ने लक्ष्य बोकेको यस चलचित्रमा कलाकार भने तय भइसकेका छैनन् ।


