पौष २७ गते ‘चित्रा’ रिलिज हुने



काठमाडौँ।
सेवा निवृत्त पिता र छोरीको कथामा बनेको चलचित्र ‘चित्रा’को छायाङ्कन सकिएसँगै रिलिज मिति तोकिएको छ । घनश्याम लामिछाने निर्देशित यो चलचित्र पौष २७ गते नेपाल र अस्ट्रेलियामा एकसाथ रिलिज गरिने बताइएको छ ।

यो चलचित्रमा सन्तोष अधिकारी, मेनुका प्रधान, शुभेच्छा खड्का, अर्पण थापा, प्रमोद अग्रहरी, अञ्जना बराइली, सिम्रन खड्का, आयुशी ढकाल, विनोद पौडेल, कपिल शर्मा, कुमार गुरुङ,  उज्ज्वल ढकाल, दीपेश गजुरेल र प्रकाश घिमिरेको अभिनय छ ।

यसमा अजय अधिकारीको कथा र मनिष गौतमको पटकथा रहेको छ । सन्तोष अधिकारी फिल्मसको ब्यानर एवम् अस्याप इन्टरटेनमेन्ट नेपाल र अस्ट्रेलियाले यो चलचित्र बनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu