
काठमाडौँ।
विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारहरू बाट सुरु गरेको चलचित्र ‘जात्रा’ सिरिजको तेस्रो शृङ्खला ‘महाजात्रा’मा अन्य कलाकारहरूले पनि प्रवेश गरेका छन् । केही दिन अघि अभिनेता हरिवंश आचार्य यो चलचित्रमा रहने बताइएको थियो । अब दिव्य देव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल समेतले यस चलचित्रमा अभिनय गर्ने भएका छन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बन्ने यस चलचित्रको लागि उनीहरूले लुक्स टेस्ट गरिसकेका छन् भने छायाङ्कनको लागि आफ्नो पात्रबारे पूर्ण रूपमा तयार भइसकेको अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँले बताएका छन् ।
कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको यस चलचित्रका निर्माताहरू म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल हुन् । यो चलचित्र आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।


