
काठमाडौँ।
चलचित्र ‘आउट ल’को विदेश प्रदर्शन अधिकार सहित सह-निर्माताको रूपमा सेभेन सिज इन्टरटेनमेन्ट प्राली जोडिएको छ । यसको नेपाल वितरक भने रिच इन्टरटेनमेन्ट हो । यसको प्रदर्शन मिति र प्रचारात्मक सामग्री भने सार्वजनिक गरिएको छैन ।
बिक्की महर्जनले निर्देशन गरेको यस चलचित्रमा सुशील श्रेष्ठ, महेश त्रिपाठी, नरेश पौडेल, शिक्षा सङ्ग्रौला, सुमन भण्डारी, हेम गुरुङ, विशाल पहारी लगायतको अभिनय रहेको छ ।
एक्सन-थ्रिलर जनरामा निर्माण भएको यो चलचित्रले कानुन नमान्ने पात्रको कथालाई पेस गर्ने कार्यकारी निर्माता साहिल खानले बताए । शशाङ्क खड्का, अमित अग्रहरी र विनोद कडायत चलचित्रका निर्माता हुन् ।