
काठमाडौँ।
बडा दसैँको फूलपातीको दिन प्रदर्शनमा आउने नेपाली चलचित्र ‘पशुपति प्रसाद २: भष्मे डन’को मर्मस्पर्शी गीत ‘मेरो शिव’ सार्वजनिक भएको छ । यस गीतमा चलचित्रका सबै कलाकारहरू भावुक देखिएका छन् । किरण भुसालको सङ्गीत र कृष्ण उदासीको शब्द रचना रहेको यस गीतमा शान्तिम कोइराला र परपर्या युनिक पोइटको स्वर रहेको छ ।
यस चलचित्रमा स्वस्तिमा सहित विपिन कार्की, सौगात मल्ल, रवीन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री वर्षा सिवाकोटी पनि विशेष भूमिकामा देखिनेछन् ।
टुकी आर्ट्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई दीपेन्द्र के खनालले निर्देशन तथा खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि लामिछाने हुन् । नीरज कँडेलको डिओपी, कृष्ण थापाको छायाङ्कन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको सङ्गीत रहेको छ । व्यावसायिक तथा समीक्षात्मक रूपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रूपमा निर्माण गरिएको हो ।
भिडियो:


