अनलाइन फिल्मीखबर अवार्डको दोस्रो संस्करण जेठ २६ मा



OFA[dropcap][/dropcap]त वर्षदेखि आयोजना थालिएको अनलाइन फिल्मीखबर अवार्डको दोस्रो संस्करण जेठ २६मा हुने भएको छ। वर्षभरिमा प्रदर्शित फिल्म मध्येबाट उत्कृष्ट फिल्म र फिल्मकर्मीलाई सम्मानित गर्ने उद्धेश्यले फिल्मीखबर डटकमले उक्त अवार्ड थालेको थियो।

‘ओफा’ले भने लोकप्रियतालाई अवार्डको मापदण्ड बनाएको जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ। ‘ओफामा २०७० साल भरि प्रदर्शित फिल्मलाई लोकप्रियताका आधारमा अवार्ड प्रदान गर्नेछौं । लोकप्रियतासँगै फिल्मले उठाएको विषयवस्तु र त्यसको प्रस्तुति पनि अवार्डमा उत्कृष्टताको आधारको रुपमा समावेश रहनेछन्’ आयोजकले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

सम्बन्धित विधामा दर्शकको एसएमएस तथा अनलाइन भोटिङलाई निरन्तर रहने बताईएको छ।

प्रथम संस्करणमा १३ विधामा अवार्ड बाँडिएको थियो। दोश्रो संस्करणमा चार विधा थपि १७ विधामा पुर्‍याइएको छ। गीतकार, गायक, गायिका र कस्ट्युम डिजाइनर थप गरिएको छ। अप्रतिस्पर्धी रहेका उत्कृष्ट प्रदर्शक, लाइफटाइम अचिभमेन्टले निरन्तरता पाउने छन् भने जुरी अवार्डलाई भने क्रिटिक्स अवार्डमा रुपान्तरण गरिएको छ।

प्रतिस्पर्धी विधाहरु फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, संगीत, छायांकन, सम्पादक, नृत्य निर्देशक, द्धन्द्ध निर्देशक, नव निर्देशक, नव नायक, नव नायिका यथावत छन्।

मनोनयनमा परेका फिल्म र फिल्मकर्मीको नाम केही दिनमै औपचारिक कार्यक्रम गरि सार्वजनिक गरिने बताईएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu