‘मिसेस नेपाल वर्ल्ड २०२३’ का प्रतियोगीहरू अभिनीत दसैँ गीत सार्वजनिक



काठमाडौँ।
बडा दसैँको अवसर पारेर ‘मिसेस नेपाल वर्ल्ड २०२३’ का प्रतियोगीहरूलाई समावेश गरी दसैँ गीतको भिडियो तयार पारी सार्वजनिक गरिएको छ । सौन्दर्य प्रतियोगिताको क्षेत्रमै पहिलो पटक प्रतियोगीहरूलाई समावेश गरी म्युजिक भिडियो तयार पारिएको हो ।

मंगलम् बोलको भक्ति गीत दुर्गा माताको आराधनमा आधारित छ । भक्ति गीतको म्युजिक भिडियोमा मिसेस नेपाल वर्ल्ड २०२३ का सम्पूर्ण प्रतियोगीलाई अभिनय र नृत्य गराइएको छ । आठ मिनेट लामो दुर्गा आराधना आकर्षक प्रकाश संयोजनको आकर्षक सेटमा खिचिएको छ ।

भक्ति गीत गायक गायिका दम्पती रामचन्द्र काफ्ले र जुनु रिजालले गाएका छन् भने गीत रचना रमेश दाहाल, सङ्गीत सिर्जना र संयोजन राजेन्द्र बजगाईँ, मिक्सिङ्ग र ध्वनि सम्पादन मनोज परियार तथा वाद्यवादन भुवन गन्धर्व, सञ्जीव बराइली र हेमन्त कान्छा रसाइलीको रहेको छ ।

सन्दीप भुजेलको कोरीयोग्राफी र निर्देशनमा तयार भएको भक्ति सङ्गीतको म्युजिक भिडियोमा छायाङ्कन ओम प्रसाईँ, कन्सेप्ट र स्क्रिप्ट अश्विनी झा र निशु झा तथा मेकअप सबिता चौधरीको रहेको छ ।

गीत मिसेस नेपाल वर्ल्ड २०२३ को आयोजक संस्था रिबन इन्टरटेनमेन्टको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

गीत:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu