अनुस्काकै कारण विराट कोहली र रणवीर सिंहबीच दरार



anuska-ranveer-birat

[dropcap]टि[/dropcap]म इण्डियाको हिरो विराट कोहली तथा वलिउड ‘गुण्डे’ रणवीर सिंहबीच दरार आएको छ। यि दुई पहिले एकअर्काका मिल्ने साथी थिए। प्राप्त खबर अनुसार अब यि दुई साथमा छैनन्। यो दोस्तीको बीच दरार आउनुमा वलिउड नायिका अनुस्का शर्माको हात रहेको छ। हाल अनुस्ता विराटकी गर्लफ्रेण्ड हुन् जबकी उनि रणवीर की एक्स गर्लफ्रेण्ड हुन्।

चलचित्र ‘बैंड बाजा बारात’ जब रिलीज भएको थियो त्यस समयमा रणवीर र अनुस्का नजिकका साथी थिए। यो दुईको दोस्ती ‘लेडीज Vs रिकी बहल’ सम्म पनि राम्रै थियो। रणवीर एक पार्टीमा अनुस्कालाई आफ्नो साथमा लिएर गएका थिए। त्यस पार्टीमा अनुस्कालाई विराटसँग रणवीरले नै परिचय गराएका थिए।

सोहि समयदेखी विराट-अनुस्का एक-अर्कामा सम्पर्कमा नै थिए। प्रेम सम्बन्धबारे कसैलाई भनेका थिएनन्। अहिले भने विराट-अनुस्काको सम्बन्धको हल्ला फैलिईसकेको छ।

सुत्रले बताएअनुसार विराटले अनुस्कासँग एक स्याम्पुको विज्ञापनमा अभिनय गरेसँगै विराट-रणवीर टाढिएका थिए। पहुले रणवीर र अनुस्काको अभिनय रहने भनिएको विज्ञापनमा विराट देखिएपछि रणवीर हेरेको हेरेकै बनेका थिए।

रणवीर विराटसँग निराश हुनुको पछाडी सम्बन्धको गोप्यता रहेको बताईन्छ। विराटले अनुस्कासँगको प्रेम सम्बन्ध रणवीरलाई भनेका थिएनन् जबकी आँफैले भेट गराएकी आफ्नी गर्लफ्रेण्डलाई विराटले उडाएका थिए। सायद यसै कारण यो दोस्ती सकिएको हो।

यि स्टारका नजिकका भन्छन्, ‘अब रणवीर अनुस्का एक-आपसमा साथै काम गर्ने छैनन्’।

अनुस्कासँग टाढिएपछि रणवीर दिपिका पादुकोणसँग नजिकिए। यो जोडी अहिले वलिउडमा चर्चामा छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu