प्रविधीले पाईरेसी तथा प्रतिलिपी अधिकार हननमा बढावा



bisnuपछिल्लो समय नेपालमा प्रतिलिपी अधिकारको उलंघन बढ्दो क्रममा छ । बिभिन्न समयमा बिभिन्न ठाउँमा चलचित्रको ‘पाईरेसी’ को खबर बाहिर आईरहँदा केहि समय अगाडि प्रदर्शनमा आएको चलचित्र ‘छ एकान छ’को राजधानी कै एक हलबाट पाईरेसी भएर सामाजिक सञ्जाल युट्युवमा आएपछी निकै चर्चा भयो । व्याक्ती पक्राउ परेपछी अघिल्लो दिन ठुलै कारवाही गर्छौ भनेर हल्ला गरेको यो चलचित्रको निर्माण टिम भोलीपल्टै लचिलो हुँदै माफी दिएर प्रक्रियालाई टुंगाउन तिर लाग्यो । गल्ती गरिसकेकोलाई कारबाही भन्दा उन्मुक्ती दिने क्रम बढ्दै गएपछी पाईरेसी गर्नेहरुलाई थप हौसला बढ्ने गरेको आईतवार राजधानीमा आयोजित एक कार्यक्रममा धारणा राखे ।

चलचित्र पत्रकार संघको आयोजना तथा ‘नेपाल प्रतिलिपि अधिकार रजिष्ट्रारको कार्यालयको सहकार्यमा सम्पन्न ‘प्रतिलिपि अधिकार संरक्षणमा चलचित्र पत्रकारको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम पत्रकारको के भुमिका हुनेदेखी यो प्रकारको घटना किन बढ्दैछन भन्ने बारेमा अन्तर्क्रिया भएको थियो ।  कार्यक्रममा रजिष्ट्रार विसु कुमार केसी सिमित स्वार्थको लागी पाईरेसीको हल्ला बढी गरिनु तथा पछी सामान्य कारवाही मा नै दोषीलाई उन्मुक्ती दिईनुले पाईरेसी तथा प्रतिलिपि अधिकार उल्लंघनको क्रम बढ्दै गएको बताए । त्यस्तै उनले प्रविधीमा आएको विकाससँगै यो प्रकारको घटनामा बढावा मिलेको पनि बताए ।

त्यस्तै कार्यक्रममा संघका संगठन उपाध्यक्ष बिष्णु सुवेदीले सम्बन्धित बिषयको सेरोफेरोमा रहेर तयार गरेको कार्यपत्र समेत प्रस्तुत गरेका थिए । त्यस्तै उक्त अन्तर्क्रिया कार्यक्रममा चलचित्र र मनोरञ्जनको बिषयलाई जोड्दै रचनाकारमा मात्र सम्बन्धित रचना परिमार्जनको अधिकार हुने भएको पनि कुनै व्याक्तीले सिमित रकम तिरेपछी रचनालाई भने आफ्नो बनाउन सक्ने समेत रजिष्टार केसीले सञ्चारकर्मीलाई जानकारी गराएका थिए ।

चलचित्र पत्रकार संघका अध्यक्ष सान्तिप्रियको अध्यक्षतामा सम्पन्न उत कार्यक्रममा संघका संस्थापन अध्यक्ष भरत शाक्यसहित बिभिन्न व्याक्तिहरुले धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu