अभिनयमा रमाउँदै पोखरेली संचारकर्मीहरु



dipak-pariyar

[dropcap][/dropcap]धैजसो संचारकर्ममा ब्यस्त हुने पोखराका संचारकर्मीहरु यतिबेला अभिनय गर्दै छन् । फलानो क्रियशनले निर्माण गरीरहेको टि.भी फिल्म ‘शहर’ मा पोखराका बिभिन्न संचार गृहमा आवद्ध संचारकर्मीहरुको समेत अभिनय रहेको छ । अभिनयमा इच्छुक संचारकर्मीहरुलाई सुहाउदो भुमिकामा प्रस्तुत गराइएको टि.भी फिल्म ‘शहर’ का लेखक तथा निर्देशक अपिल त्रिपाठीले बताए । पत्रकारको लागी अभिनय नयाँ अनुभव भएतापनी छायाङ्कन हुनु पुर्व सबै कलाकार लाई अभिनयको अभ्यास गराइएकोले सहज भएको निर्देशक त्रिपाठीको भनाई छ ।

टि.भी फिल्म ‘शहर’ मा गण्डकी मिडीया हाउसका दिपक परीयार, रामचन्द्र राई र नारायण शाहीले अभिनय गरेका छन । त्यस्तै हटलाइन दैनिकका सन्तोष परीयार, रेडियो अन्नपुर्णकी उमा आलेमगर, मेगा एफ.एमका सुरज आचार्य समेतको अभिनय शहरमा हेर्न पाइने छ । साथै टि.भी फिल्म ‘शहर’ मा निरज पन्त, श्री पाण्डे, मिलन थापा, ध्रुव थापा, आकाश दाहाल, निरज कार्की, अमृत सिग्देल, संजीता खनाल, निश्चल पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

सरोज अधिकारीको छायाङ्कन रहेको ‘शहर’ लाई सुवास अम्गाईले सम्पादन गरीरहेका छन् । जेठ महिनाबाट प्रसारण शुरु गर्ने लक्ष्य लिइएको टि.भी फिल्म ‘शहर’ को हाल पोखरा र आसपासका क्षेत्रहरुमा धमाधम छायङ्कन भइरहेको छ । पोखरा शहरको सामाजिक तथा ब्यबशायिक जीबन नै ‘शहर’ को बिषयवस्तु रहको निर्माण पक्षले जनाएको छ । फलानो क्रियशनले गण्डकी टेलिभिजन संगको सहकार्यमा टि.भी फिल्म ‘शहर’ को निर्माण गरेको हो । फलानो क्रियशन र ङुटुक गुरुङ्ग ‘टाइगर’ को संयुक्त लगानी रहेको ‘शहर’ को मुख्य प्रायोजक युनाइटेड रेफरेन्स ल्याब्रोटरी रहेको छ भने प्रायोजन होटल प्राइड एण्ड स्पा, मुस्ताङ, सह-प्रायोजन फेवासिटी हस्पीटलले गरको छ । शहर गण्डकी टेलिभिजन मार्फत प्रसारण हुँदैछ ।

 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu