चेलिबेटीको कथामा ‘डि. कम्पनी’ तयार



d-company

चेलिबेटीको कथालाई जोडेर तयार चलचित्र ‘डि. कम्पनी’ प्रदर्शनको लागी तयार भएको छ । यो चलचित्रको निर्माण टिमले सोमवार राजधानीमा एक कार्यक्रम गरी चलचित्रको बारेमा जानकारी गराउनुको साथै प्रोमो तथा गीत सार्वजनिक गर्यो ।

निर्धारित समयभन्दा ढिला सुरु भएर पनि खासै व्यवस्थित नदेखिएको कार्यक्रममा चलचित्रका निर्माता तथा प्रस्तुतकर्ता कृष्ण श्रेष्ठसहित कलाकारहरु अनुष्का शर्मा, महेन्द्र यादव, प्रकाश गौतम लगायतको उपस्थिती थियो । मोफसलमा नै रहेर पश्चिम नेपालको बुटवलमा तयार यो चलचित्रमा समाजमा युवतीहरु पनि दविएर बस्ने नभई शसक्त भुमिका निर्वाह गरेर बस्न सक्नुपर्छ भन्ने किसिमको परिवेशलाई जिडिएको निर्माता श्रेष्ठले जानकारी दिए ।

चलचित्रमा नायिका अनुष्का शसक्त प्रहरी अधिकारीको भुमिकामा प्रस्तुत भएकी छिन् । चलचित्र ‘डि. कम्पनी’ आउँदो जेष्ठको छेकोमा प्रदर्शनमा ल्याउने तयारी गरिएको जानकारी गराईए पनि मिती भने तोकीसकिएको छैन ।

यो चलचित्रमा हिमाल केसीको द्वन्द्व रहेको छ भने नृत्य विवेक थापाको रहेको छ । संगीत भने बसन्त सापकोटा र रमेश श्रेष्ठले भरेका छन् । यो चलचित्रलाई दिपक परियारले खिचेका हुन् । चलचित्रको धेरै पाटो प्रेम र रोमान्सको कुरामा घुमेको प्रोमो तथा गीत हेरेर अनुमान लगाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu