‘मेरो बेष्ट फ्रेण्ड’का अडियो गीत सार्वजनिक



mero-best-friend[dropcap]बै[/dropcap]साख २६ गतेलाई प्रदर्शनको मिती तय गरेको चलचित्र ‘मेरो बेष्ट फ्रेण्ड’का अडियो गीत सार्वजनिक गरिएको छ। सोमबार राजधानीमा एक कार्यक्रमको आयोजना गरि चलचित्र यूनिटले सुगम पोख्रेल, प्रमोद खरेल, अशुसेन लामा, राजन इशानले संगीत दिएका गीत सार्वजनिक सँगै प्रोमो पनि सार्वजनिक गरेको छ।


यो चलचित्र नायिका प्रियांका कार्कीको पहिलो चलचित्र हो। रिलिज ढिला भएका कारण कार्कीको रिलिज भएको पहिलो चलचित्र भने ‘मेरो बेष्ट फ्रेण्ड’ बन्न सकेन। प्रियांकाको साथमा यो चलचित्रमा रेश मरहठ्ठा, केकी अधिकारी, दिवस उप्रेती, बिमलेश अधिकारी लगाएतका कलाकारको अभिनय छ।

अडियो गीत सार्वजनिक कार्यक्रममा संगीतकारहरु सुगम पोख्रेल, प्रमोद खरेल, अशुसेन लामा, राजन इशानको उपस्थिती थियो। नायकद्वय रेश मरहठ्ठा र दिवस उप्रेती साथै नायिकाद्वय प्रियांका कार्की र केकी अधिकारीको पनि उपस्थिति थियो। प्रसन्न पौडेल निर्देशित यो चलचित्रकी निर्माता प्रजिता बज्राचार्य हुन्।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu