माछाले वक्षस्थल छोप्नु मेरो बाध्यता थियोः शुभेच्छा



suvechha

नेपाली चलचित्र नगरीमा ‘सितिमिती’ हिट सुचीमा पर्न नसक्ने नायिकाहरु चर्चाकै लागी अनेकन हतगाण्डा अपनाउन पछी पर्दैनन । कसैले निर्वस्त्र हुने त कसैले छाडा-छाडा शव्दहरु बोल्नेदेखी सार्वजनिक कार्यक्रममा सवेंदनशिल अंगहरु नै प्रदर्शनी गर्नै आए जसरी प्रस्तुत गर्ने गरेको उदाहरणहरु पुराना नै हुन् ।

यो क्रममा केहि समय पहिले नायिका तथा निर्मात्री शुभेच्छा थापाले चर्चामै आउनको लागी माछाले ‘वक्ष्यस्थल’ छोपेर ‘फोटोसुट’ गरिन् । चर्चा भन्दा बढी उनको आलोचना भयो, अन्ततः उनले आफुले त्यस्तो नकाम गरेको भन्दै गल्ती स्विकार गरेकी छिन् । सोमवार राजधानीमा आयोजित एक कार्यक्रममा शुभेच्छाले भनिन्, “माछाले बक्ष्यस्थल छोपेर फोटो खिचाउनुको पछाडी मेरो बाध्यता पनि थियो, धेरै चलचित्रमा देखिँदा पनि खासै जम्न नसकेपछी चर्चाकै लागी यो काम गरेकी हुँ, तर अहिले पश्चाताप लागिराछ । हो मैले गल्ती गरेको स्विकार गर्छु।’

साथै उनले आगामी दिनमा झुक्किएर पनि यस्तो काम नगर्ने भन्दै अबका कुनै पनि चलचित्रमा ननाङ्गिने अठोट पनि गरिन । समाजमा नपच्ने खालको कुने पनि दृश्य चलचित्रका लागी नदिने भन्दै उनले अबका दिनमा समाजमा पाच्य हुने खालको काम मात्र आफुले गर्ने बताईन् ।  राजु गिरीको निर्देशनमा बन्न लागेको चलचित्र ‘आर्या’को निर्माण घोषणा कार्यक्रममा उनले यस्तो चलचित्रको लागी कहिल्यै ननाङ्गिने प्रतिबद्धता जनाएकी हुन । कृष्ण श्रेष्ठको लगानीमा बन्ने आर्यामा शुभेच्छा सँगै अनुष्का शर्मा, महेन्द्र यादव लगायतका कलाकारहरुले अभिनय गर्नेछन् ।

आर्जुन पोखरेलको संगीत रहने यो चलचित्र पुर्णतः प्रेम कथामा आधारित हुने निर्देशनको तयारीमा रहेका निर्देशक गिरीले बताए, सेक्सी निर्देशकको उपमा पाउँदै आएका गिरीले यो चलचित्रमा भने कुनै पनि ‘भल्गारिटी’ नजोडिने दावी गरे ।

suvechha-fish
नक्कल गर्दै यसरी माछाले वक्षस्थल छोपेकी थिइन् शुभेच्छा(बायाँ)ले
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu