राजेशको प्रश्न, “हामीले अरिजित र रणवीरले जस्तो गरेको भए माफी पाउँथ्यौ कि गाली ?”



काठमाडौँ।
गायक राजेश पायल राईले अन्य देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा ओढ्दा वा भारत वा अन्य देशको कलाकारको खुट्टा छुँदा नेपालीबाट प्राप्त हुने सम्भावित प्रतिक्रियाबारे सामाजिक सञ्जालमा जिज्ञासा राखेका छन् । उनले भारतीय गायक अरिजित सिंहले नेपाली झन्डा ओढेको र भारतीय अभिनेता रणवीर कपुरले नेपाली गायिका मेनुका पौडेलको पाउ छोएको विषयमा यस्तो जिज्ञासा राखेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, “अरिजित सिंहले नेपाली झन्डा ओढे जसरी या रणवीर कपुरले नेपाली चेलीको खुट्टा छोएर आशीर्वाद मागे जसरी, त्यसरी नै हामी कलाकारले भारतमा, भारतको झन्डा या कुनै पनि देशमा प्रस्तुति दिँदा त्यही देशको झन्डा बोकेको भए हामीले माफी र गाली पाउँथ्यौ कि नाइँ ? जिज्ञासा ।” साथै उनले अन्त्यमा नोट लेख्दै भनेका छन्, “नोट- प्रतिक्रिया पाउँ । आउँदा दिनमा सहजता मिल्नेछ या आफू मर्जी !”

राईको भनाइबाट नेपाली प्रशंसकहरूले यस्ता विषयमा देखाउने गरेको प्रतिक्रियाबारे टिप्पणी गरेको बुझ्न सकिन्छ । समय समयमा राष्ट्रियताको विषयमा त्यस प्रकारका टिप्पणीहरूले कलाकारहरूले गाली खाने गरेको कारण उनले यस्तो प्रतिक्रिया व्यक्त गरेको बुझ्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu