जापान र भेनेजुएलाले जिते ‘हेरिटेज् प्याजेन्टस् २०२३’ को उपाधि



काठमाडौँ।
‘हेरिटेज् प्याजेन्टस् २०२३’को उपाधि भेनेजुएला र जापानले जितेका छन् । यस अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगितामा मिस तर्फको उपाधि जापानकी एरिका हाराले प्राप्त गर्दा मिसेस् तर्फ विजेता भेनेजुएलाकी वुवान्दर जिर्लेथ क्यासानोभा जितेकी हुन् । हाराले मिस ट्यालेन्ट र मिस मल्टिमिडियाको अवार्ड समेत प्राप्त गर्दा क्यासानोभाले मिसेस् पर्सनालिटीको अवार्ड हात पार्न सफल रहिन् ।

थाइल्यान्डको राजधानी बैंककस्थित ईएससी पार्क होटेलको अडिटोरियममा आयोजित प्रतियोगितामा मिसेस् तर्फ स्विडेनकी म्याडेलिन वालग्रेन भलिकेरी फस्ट रनर्स अप, न्युजिल्याण्डकी एली स्मीथ लाइन्स सेकेन्ड रनर्स अप, मङ्गोलियाकी ड्यासबाल्जिड मंखजुल थर्ड रनर्स अप तथा केन्याकी सिन्थिया किमाथि फोर्थ रनर्स अपका भए ।

त्यसै गरी मिस तर्फ नाइजेरियाकी टेसी सोलोमोन फस्ट रनर्स अप, मेक्सिकोकी भ्यानेली उलेट सेकेन्ड रनर्स अप, केन्याकी प्रुडेन्स टेन्डवा थर्ड रनर्स अप तथा रसियाकी बेला टोट्रोभा फोर्थ रनर्स छनौट भएका थिए ।

ईप्लानेट पिटिई लिमिटेड सिंगापुरको आयोजनामा प्रतियोगिता आयोजना भएको थियो । ईप्लानेटका अध्यक्ष नेपालका सन्तोष सापकोटा हुन् । प्रतियोगिताको कोरियोग्राफर नेपाली फेसन कोरियोग्राफर रोजिन शाक्य र मलेसियाका स्टेज कोरियोग्राफर वेस्ली श रहेका थिए ।

प्रतियोगिता मिस मिसेस् का अतिरिक्त हेरिटेज प्लस, हेरिटेज पटिट, हेरिटेज जेम्स गरी विभिन्न विधाहरूको पनि यसै वर्ष देखि सुरुवात गरिएको थियो । सो प्रतियोगितात्मक कार्यक्रममा आर्टिस्टिक निर्देशक विमल सुवेदी, मिसेस् मलेसिया युनिभर्स २०१४ की विजेता एस्थर चिन, मिसेस् हेरिटेज इन्टरनेसनल २०२२ की विजेता फोन्टिप सुवर्णयु, वर्ल्ड ब्युटी प्याजेन्ट अर्गनाइजेसनका संस्थापक अध्यक्ष सानी अबि नादिर तथा मिस हेरिटेज इन्टरनेसनल २०२२ की विजेता एना किरिलिनाले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu