खेलाडीको सम्मानमा हरिवंशको गीत



काठमाडौँ।
नेपाली खेलाडीको सम्मान स्वरूप हास्य कलाकार हरिवंश आचार्यले ‘हामी नेपाली, हाम्रो खेलाडी’ बोलको गीत सार्वजनिक गरेका छन् । नेपाल ‘टि २० विश्वकप’मा छनौट भएको र नेपालमा खेलप्रतिको इज्जत बढिरहेको माहौलमा यो गीत सार्वजनिक गरेको आचार्यले जनाएका छन् ।

डा. दिपराज थापाको शब्द रचना रहेको यस गीतको भिडियोमा विभिन्न खेलमा लागेका नयाँ–पुराना खेलाडीका यथार्थ श्रव्य दृश्य समेटिएका छन् । “गीतकार थापाले खेलाडी सम्बन्धी खेल गीत लेख्नुभएको रहेछ”, आचार्यले भने, “मलाई गाइदिनुस् भन्नुभयो । पुराना खेलाडीलाई अहिलेको पुस्ताले बिर्सिसकेको अवस्था उहाँहरूप्रति पनि सम्मान हुने हिसाबले गीत गाएँ । त्यसैले गीतको भिडियोमा पुराना–नयाँ खेलाडीले खेलेका रियल दृश्यहरू राखेका छौँ । खेलाडीप्रति सम्मान बोकेको यो गीत नेपालको खेल स्टेडियममा पनि बज्छ भन्ने हाम्रो अपेक्षा छ ।”

विशाल निरौलाको सङ्गीत र एरेन्ज रहेको यो गीतको भिडियो राष्ट्रिय खेलकुद परिषद्मा समेत खिचिएको छ ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu