वीर गोर्खालीको ‘निशानी’ पोखरामा देखाइँदै



[dropcap]वी[/dropcap]र गोर्खालीको कथामा आधारित रहेर तयार चलचित्र ‘निशानी’को पोखरामा बिशेष च्यारिटी गरिने भएको छ । नायक तथा मोडल सुरज रानाभाटको सक्रियतामा यो चलचित्रको पोखरामा बिशेष च्यारिटी हुन लागेको हो । यो चलचित्रलाई बुधवार श्रीकृष्ण हलमा देखाईँदैछ ।  चलचित्रले कारगिलको युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको कथा बोलेको छ ।

कारगिलको युद्धमा ज्यान गुमाएका गोर्खा सैनिकहरुको कथामा आधारित चलचित्र निशानी हाल च्यारिटीमा रहेको छ । विनोद सेरेङको निर्देशनमा बनेको निशानी भारतको सिक्किम, ईलाम र लमजुङ्को घले गाउँमा छायांकन गरिएको छ ।

nishani-1
चलचित्र निशानीमा इण्डियन आइडल बनेका चर्चित गायक तथा नायक प्रशान्त तामाङ्, नेपाली मोडलिङ क्षेत्रमा पहिचाहन बनाएका मोडेल सुरज रानाभाट, अनु गुरुङ,गायिका बिष्णु चेम्जोङ, प्रेम सुब्बा कोपिला थापा, सिरु बिष्ट लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।

सिनाई कमर्सियल प्रा.लि.को प्रस्तुति रहेको ‘निशानी’मा प्रेम सुब्बा सहित सरोज भण्डारी, ललिता सेरेङ लगायतको लगानी रहेको छ । चलचित्र बिनोद सेरेङकै कथा, संवादमा तयार भएको हो । यो चलचित्रलाई उभराज राईले खिचेका हुन् भने चलचित्र ‘निशानी’मा जनक गुरुङको द्वन्द्व, बि.बि. अनुरागीको संगीत तथानृत्य गोविन्द राई र शिव शर्माको रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu