आर्टमान्डूको साङ्गीतिक चलचित्र ‘पञ्चमी मेला’ सार्वजनिक



काठमाडौँ।
आर्टमान्डूले साङ्गीतिक चलचित्र ‘पञ्चमी मेला’ सार्वजनिक गरेको छ । गाउँ वा सहरका सांस्कृतिक सौन्दर्यलाई केन्द्रमा राखेर कथा पस्कने आर्टमान्डूले यस पटक पाँचथरको पञ्चमी बजारको कथा भनेको छ ।

करिब ८ मिनेटको चलचित्रमा पञ्चमी बजारमा पाँचथरका युवक र सिमी बेच्न आएकी इलामकी युवतीको भेट हुन्छ । भेटमा युवतीसँग आकर्षित भएका युवक छोरी माग्न घरसम्म पुग्छन् । दुईबिचको प्रेममार्फत भिडियोमा बजारको सौन्दर्य र पूर्वको स्वाद देखाइएको छ ।

यसमा रहेको गीतमा गायिका अन्जु पन्त र गायक भूषण खतिवडाले स्वर दिएका छन् । गीतकार हर्क साउदले शब्द कोरेको गीतमा भूषणकै कम्पोजिसन छ । मिलन खत्री, चन्दा ढुङ्गाना, अन्वेश थुलुङ राई, ओम कार्की, नरेन्द्र बस्नेत, केदीप बस्नेत लगायतको अभिनय छ । योगेश ढकालले छायाङ्कन गरेको यस चलचित्रमा नवीन चौहान र केर कोइँच लिनुचले निर्देशन गरेका छन् ।

भिडियो:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu