भारतीय चलचित्र ‘सलार’को लागि मेनुकाले गाइन् गीत



काठमाडौँ।
भारतीय सुपरस्टार प्रभास अभिनीत ‘बिग बजेट’ चलचित्र ‘सलार’को लागि नेपाली गायिका मेनुका पौडेलले गीत गाएकी छन् । आइतबार राती प्रसारित ‘इन्डियन आइडल’को शृङ्खलामा मेनुकाले यसको खुलासा गरेकी हुन् ।

यो अवसरलाई आफ्नो करियरको ‘टर्निङ प्वाइन्ट’ भएको बताउँदै मेनुकाले सो चलचित्रका सङ्गीतकार रवि बसरुरको सङ्गीतमा आफूले गीत गाएको बताइन् । पहिलो प्ले ब्याक गाएकी उनले यसमा पुरा मेहनत गरेको उनले जनाइन् ।

पछिल्लो समय ‘इन्डियन आइडल’मा प्रतिस्पर्धा गरिरहेकी पौडेलले भारतमा चर्चाकी पात्र बनिरहेकी छन् । मेनुकाले स्टेजमा यसबारेमा बताउँदै गर्दा सबै निर्णायक हर्ष विभोर भए । निर्णायक श्रेया घोषालले मेनुकालाई बधाई दिँदै ‘सलार’ जस्तो ठुलो प्रोजेक्टमा गाउन पाउनु खुसीको कुरा भएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu