वेब सिरिज ‘लट्ठक’को दोस्रो सिजनको लागि कलाकारको अडिसन आह्वान



काठमाडौँ।
वेब सिरिज ‘लट्ठक’को दोस्रो सिजनको लागि अडिसन आह्वान गरिएको छ । सिरिज प्रोडक्शन कम्पनी क्यापिटल इन्टरटेनमेन्टले महिला तथा पुरुष कलाकारहरूको लागि अडिसनमा भाग लिन आह्वान गरेको हो ।

यही शनिवार बिहान ११ देखि साँझ ४ बजेसम्म कालिकास्थानस्थित सर्वनाम थिएटरमा हुने अडिसनबाट पाँच जना महिला तथा छ जना पुरुष कलाकारहरू छान्ने निर्देशन सागर ज्ञवालीले बताए । उनले २० देखि ६५ वर्षसम्मका उमेर समूहका कलाकारहरूको आवश्यकता रहेकोले ‘कास्टिङ कल’ गरिएको जनाए ।

यसअघि यो सिरिजको पहिलो सिजनको ट्रेलर सार्वजनिक गरिएको छ र यसका ६ वटा शृङ्खलाहरू केही दिन पछि ‘मोमो एप’मार्फत प्रसारण हुनेछन् भने यसको दोस्रो सिजनमा ७ शृङ्खला हुनेछन्।

ज्ञवालीको परिकल्पना तथा निर्देशन रहेको यस सिरिजमा अभय बराल, सँखु शाह, सुवास गजुरेल लगायतको प्रमुख अभिनय रहेको छ । यसका लेखक काजी लिम्बु हुन् भने क्रियटिभ निर्देशक मदन घिमिरे हुन् ।

‘लट्ठक’को पहिलो सिजनको ट्रेलर हेर्नुहोस्:

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu