चलचित्र ‘राजमहल’ घोषणा, दरबारको कथा उठाइने



काठमाडौँ।‘राजमहल’ शीर्षकमा चलचित्र घोषणा भएको छ। शुक्रवार काठमाडौँमा पत्रकार सम्मेलनको आयोजना गर्दै राजदरबारको कथामा बन्ने भनिएको यो चलचित्र घोषणा गरिएको हो।

केही वर्ष अघि ’ह्वाइट हाउस’ नामक चलचित्र बन्ने चर्चा गरिएको थियो। सोही चलचित्र अब नयाँ नाममा बन्ने भएको हो। यो चलचित्रलाई सविन कुमार तोलाङ्गीले लेखन तथा निर्देशन गर्नेछन् ।

यस चलचित्रमा रमेश उप्रेती, आँचल शर्मा, सलोन बस्नेत, सरोज खनाल, मिथिला शर्मा, सिम्रन पन्त, पवित्रा साकी (मिस पबी), अर्जुन श्रेष्ठ, दिनेश सिग्देल, अजय लामा, अजय रोक्का, पूजा भण्डारी लगायतले अभिनय गर्दैछन्। 

यस चलचित्रका कार्यकारी निर्माता ऋषि लामिछाने हुन् भने निर्माता शोभा श्रेष्ठ र यश बहादुर गुरुङ, अनिल पाण्डे र युवराज कार्की हुन्। यसको छायाङ्कन नेपालसँगै अस्ट्रेलिया र न्यूजिल्यान्डमा हुने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu