संगीतको अगुवाईमा विश्व वौद्धिक सम्पत्ति दिवश मनाईने



suresh-adhikari[dropcap]बै[/dropcap]शाख १३ गते परेको ‘विश्व वौद्धिक सम्पत्ति दिवश’ नेपालमा पनि बिगतका बर्षमा झै रोयल्टी संकलन समाजको अगुवाईमा यो बर्ष पनि भव्य रुपमा मनाईने भएको छ । यो पटकको दिवशलाई ऐतिहासिक बनाउन सम्बद्ध बिभिन्न संघ संस्थाहरु लागी परेका छन् ।

शनिवार परेको दिवशलाई सन्देशमुलक र ऐतिहासिक बनाउन लोक तथा दोहोरी गीत प्रष्तिठान, गायन समाज, नेपाल संगीत उत्पादक समाज, गीतकार संघ, संगीत निर्देशक समाज, नेपाल संगीत उद्योग संघ, नेपाल संगीतकर्मी संघ लगायतका संस्थाहरु लागेका छन् । शनिवार बिहानै झाँकी र र्याली सहित नगर परिक्रममा गरि खुल्ला मञ्चमा बिभिन्न कार्यक्रम गरि दिवश मनाइने रोयल्टी संकलन समाजका अध्यक्ष सुरेश अधिकारीले बताए ।

विश्व बौद्धिक संगठनको स्थापना भएको दिनलाई सम्पत्ति दिवशका रुपमा मनाइदै आएको छ । गीत, संगीत र अन्य सर्जकका कृतिको सुरक्षा र दुरुपयोग रोक्न दिवशले जनचेतना बढाउन सहयोग गर्ने अपेक्षा सरोकारवालाको छ । समाजको अगुवाईमा गत बर्ष पनि राजधानीमा र्याली सहितका बिभिन्न कार्यक्रमहरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu