वेब सिरिज ‘कैँची’को शुभ मुहूर्त



काठमाडौँ
वेब सिरिज ‘कैँची’को शुभ मुहूर्त गरिएको छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर छायाङ्कन सुरु गरिने यसलाई नरेशनाथ योगीले निर्देशन गर्दै छन् ।

सिमराको जितपुरस्थित गढीमाई मन्दिरमा मुहूर्त गरिएको सिरिजलाई मधेसको सेटअपमा कथा लेखिएको बताइएको छ । यसमा कामेश्वर चौरासिया, आमिर गौतम, पूजा ठाकुर, सुनिता पासवान, घनश्याम गिरी, दीपक चन्द, प्रदीप ढकाल, हरिस विक्रम खडायत, शुभम भुमियार, रियाज आचार्य, दीपक आरजे र सरोज शाको अभिनय रहनेछ ।

कैँचीको कथा अभिनेता कामेश्वर चौरासिया र पटकथा तथा संवाद कामेश्वर र निर्देशक नरेशनाथ योगीले लेखेका हुन् । बड्डी इन्टरटेनमेन्ट र अक्स इन्टरनेशनल स्टुडियोको प्रस्तुतिमा निर्माण हुने सिरिजको निर्मातामा गणेश प्रसाद बाघ र कार्यकारी निर्मातामा समीर खरेल रहेका छन् । मित्र डी गुरुङको सम्पादन, मनिष भट्टको मुख्य सहायक निर्देशन, सुमित राज भट्टको एसोसियट निर्देशन, निहाल नरेन सिंहको कला निर्देशन र निसाल पौडेलको डिओपी वेब सिरिजमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu