कलाकारको रोजाइमा पर्ने ‘रश्मिलाज फेसियल हाउस’को वार्षिकोत्सव मानव सेवा आश्रममा



काठमाडौँ।
शताब्दिऔँ देखि शृङ्गारको चलन चल्दै आएको छ । पछिल्लो समय परिष्कृत रूपको शृङ्गारमा मानिसहरूले आफ्नो जीवनको धेरै समय र लगानी खर्चिने गर्छन् । विशेषतः सहरी क्षेत्रमा शृङ्गारलाई महत्त्व दिइन्छ । चलचित्र, म्युजिक भिडियो, फेसन शो, टेलिभिजन शो लगायतमा पर्दामा देखिने कलाकारहरूको लागि शृङ्गार अनिवार्य नै छ । त्यसमाथि पनि शृङ्गार र सुन्दरताको सम्बन्ध नङ र मासुको जस्तै हुन्छ ।

सुनधारास्थित काठमाडौँ मल, गोङ्गबुस्थित बिजी मल तथा बालाजुस्थित बुद्ध मलमा रहेको ‘रश्मिलाज फेसियल हाउस’ले १६औँ वार्षिकोत्सव मनाएको छ । यो फेसियल हाउस धेरै नेपाली कलाकारहरूको रोजाइको स्थल हो । अन्तर्राष्ट्रिय स्तरको प्रविधि र सेवामा रहेको यो फेसियल हाउसले मङ्गलवार काठमाडौँको गोङ्गबु टाउन प्लानिङमा रहेको मानव सेवा आश्रममा आश्रित ५६ जना वृद्ध वृद्धाहरू माझ वार्षिकोत्सव मनाएको हो ।

रश्मिलाज फेसियल हाउसले ६० जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरेको र हजारौँलाई सिपमूलक तालिम दिएको यसका संरक्षक प्रकाश कुमार श्रेष्ठले बताए । हाउसमा फेसियल, स्किन मेन्टेन, हाईड्रा फेसियल, हाईफो फेसियल, नेल आर्ट, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ, हेयर कलरिङ, हेयर बोटक्स तथा केराटिन ट्रिटमेण्ट, चायाँ पोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरू प्रदान गर्दै आएको हाउसकी अध्यक्ष रश्मिला श्रेष्ठले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu